१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको अवरोध



काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ।

आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहेको छ ।

बिगत चैत १३ देखि भिजिट भिस प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसदको बेल घेराउ गर्दै नारावाजी गर्दै आएको छ । जो आज पनि निरन्तरता पाएको छ ।

त्यसअघि सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर, रास्वपा र राप्रपाले भने त्यसलाइ अस्वीकार गरे।

यसअघि रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन । सभामुखले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरे पनि रास्वपाले भने अस्विकार गरेको थियो ।

सभामुख घिमिरेको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए । रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ ।

सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : १५ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल