२० मंसिर २०८२, शनिबार | December 6, 2025

आजबाट देशभर फैलियो मनसुन



काठमाडौं । सरदर १५ दिनअगाडि प्रवेश गरेको मनसुन फैलन भने समय लागेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २३ दिनमा देशभर मनसुन विस्तारित भएको बताएको हो ।

‘यस वर्षको मनसुन प्रणाली शुक्रबार (जेठ ६) गते (सन् २०२५ जुन २० तारिख) का दिन देशभ फैलिएको छ । नेपालमा यस वर्षको मनसुन जेठ १५ गते (सन् २०२५ मे २९ तारिख) देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू-भागमा विस्तार भएकोमा मिति २०८२/०२/२९ गते (सन् २०२५ जुन १२ तारिख) मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भाग सम्म विस्तार भएको थियो,’ विभागले बुलेटिनमार्फत् भनेको छ ।

नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ ।

‘यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ,’ विभागले बताएको छ ।

मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढी-पहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु देखिएका छन् । यस वर्षको मनसुनमा २० लाख भन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ५० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय