२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’



जनकपुरधाम । मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रुपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

यातायात व्यवस्था कार्यालय धनुषा, जनकपुरधामद्वारा आज जनकपुरमा आयोजित ट्राफिक प्रहरी र स्थानीय चुनौती बनेको बताए । प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको जानकारी दिँदै मन्त्री रायले करको सदुपयोग प्रदेशको समृद्धिमा उपयोग गरिने बताए । कार्यालयले ११ महिनामा रु ५८ करोड ६९ लाख राजस्व सङ्कलन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र यातायात कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले सडक सबैको साझा हो भन्ने भावनाका साथ सडकमा सवारी साधन सञ्चालन गर्नुपर्ने बताए । जथाभावी पार्किङ गर्ने, खन्नेखोस्रने र सडक अवरोध नगर्ने उहाँहरूको आशय थियो ।

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषा जिल्लाध्यक्ष पुरन साहले ट्राफिक सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ३६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका