१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इरानी सञ्चारमाध्यमको प्रतिक्रिया – युद्धविराम सुरु गर्न ट्रम्पले “गुहार मागेजस्तै” शैलीमा आग्रह गरे



दोहा । इरानी सरकारी सञ्चारमाध्यमहरुले इजरायल र इरानबीच युद्धबिराम भएको पुष्टि गरेका छन् ।

अमेरिकाको ूआक्रमणू को जवाफमा कतारस्थित अमेरिकी सैन्य बेसक्याम्पमा भएको सैन्य प्रतिक्रिया पछि शत्रुमाथि युद्धविराम थोपरिएको ती संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो घोषणा इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि आएको हो।

“अमेरिकी आक्रमणको जवाफमा इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सद्वारा गरिएको सफल क्षेप्यास्त्र आक्रमण र हाम्रो प्रिय जनताको अद्वितीय दृढता तथा एकताको कारणले शत्रुमाथि युद्धविराम थोपिएको छ”, इरानको राष्ट्रिय समाचार सञ्जालका समाचारवाचकले प्रत्यक्ष प्रसारणमा भनेका छन्।

तर ती समाचारवाचकले भने युद्धविराम कहिलेदेखि लागू हुन्छ भन्नेबारे कुनै समय उल्लेख गरेनन्।

इरानी क्षेप्यास्त्र आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच “गुहार मागेजस्तै शैली”मा युद्धविरामको आग्रह गरेको पनि इरानी सञ्चारमाध्यममा प्रसारण गरिएको कुरा सीएनएनले जनाएको छ ।

“हिजो साँझ, इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सद्वारा कतारस्थित अमेरिकाको अल उदीद बेसमा गरिएको सफल क्षेप्यास्त्र आक्रमणको एक घण्टाभित्रै, ट्रम्पले हाम्रो देशविरुद्ध थोपिएको यहूदीवादी युद्ध रोक्नका लागि युद्धविराम सुरु गर्न गुहारजस्तै शैलीमा आग्रह गरे,” उनले भनेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : ५७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’