२० मंसिर २०८२, शनिबार | December 6, 2025

एसिसी पुरुष यु-१६ : नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य, रौनक श्रीवस्तवले बनाए १६८ रन



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दिएको छ ।

टस जितर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवस्तवले १ सय ३२ बलमा १ सय ६८ रनको पारी खेले । उनले १६ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै जोय थापाले ६७ बलमा ६१ रनको योगदान दिए । शिवान्शं बजगाईंले ५२ बलमा ५४ रन बनाएका थिए । यता भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिएका छन् ।

नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ११ : २९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय