११ श्रावण २०८३, सोमबार | July 27, 2026

एसिसी पुरुष यु-१६ : मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली टिम फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे ।

मलेसियाका नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनको योगफल तयार पारेको हो ।

मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका अभय यादवले सर्वाधिक चार विकेट लिए । यादवले १० ओभरमा १५ रन मात्र खर्चिए । यस्तै, १० ओभरमा ४ मेडन राख्दै १२ रनमात्र खर्चेर सुभम खनालले तीन विकेट लिए । कप्तान विपीन शर्मा र सचिन भट्टले समान एक विकेट लिए ।

नेपालले अब उपाधिका निम्ति हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १२ : १७ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले