१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अर्थमन्त्री पौडेलद्वारा मलेसियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान



काठमाडौं। नेपालको भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियन लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले पूर्वाधार विकास र पर्यटन क्षेत्र नेपालका सम्भावनायुक्त क्षेत्रहरू भएको उल्लेख गर्दै थप लगानीको लागि आग्रह गरेका हुन्।

ूनेपालमा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण छ। नीति तथा कानुनी संरचना लगानीकर्ताका पक्षमा छन्। सम्भाव्य क्षेत्र पहिचान गरी योजनाबद्ध ढंगले अगाडि बढ्नुस्, सरकार आवश्यक सहयोग र सहजीकरण गर्न तत्पर छ,ू उनले भने।

भेटमा प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण र पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जनाएका थिए।

प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एम।के। संग्राहलगायतको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : २६ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला