११ माघ २०८२, आइतबार | January 25, 2026

वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह



काठमाडौँ । नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशनले आग्रह गरेको छ ।

नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी वार्ताद्वारा समस्या समाधान गर्न नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशन, नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ ।”

राष्ट्रिय महत्वका एवं सार्वजनिक सरोकारका मुद्दा र अन्य मुद्दामा अदालतबाट भएका फैसलाका बारेमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बारको भनाइ छ ।

अदालतबाट भएका विभिन्न फैसलाका बारेमा पूर्णपाठ तयार भएपछि बारले फैसला अध्ययन समितिमार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने गरेको समेत विज्ञप्तिमा छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ३४ बजे

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र