२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेकपा स्थायी कमिटी बैठक ४३ दिनपछि सुचारु, सम्बोधनपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिए



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक स्थगित भएको १ महिना १३ दिन पछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

मिति तय हुने स्थगित हुने लगातारको सृङ्खला पछि पार्टीको अन्तरबिरोध समाधान गर्न बनेको कार्यदलले गरेको प्रस्तावलाई दुई अध्यक्षले परिमार्जन सहित स्थायी समितिमा पेश गरेपछि आज बैठक सुरु भएको हो ।

सरकार सञ्चालन देखि पार्टी सञ्चालनको पद्दतीका बिषयमा अध्यक्ष द्वयले प्रस्ताव पेश गरेका छन् । बैठकमा दुई अध्यक्षले प्रस्ताव गरेको प्रस्तावका बिषयमा छलफल हुने बताईएको छ ।

पार्टी श्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओली आफ्ना भनाईहरु राखेर बाहिर निस्केका छन् । बैठक सुरुभए लगत्तै आफ्ना भनाई राख्दै सहमतिमै प्रधानमन्त्री बाहिरिएका छन् ।  अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक चलिरहेको छ ।

अध्यक्षद्वले तयार पारेको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालको पनि सहमति रहेपछि स्थायी समिति बैठक आजै सक्ने गरी तयारी गरिएको नेकपा स्रोतले जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १२ : ४३ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११