२९ मंसिर २०८२, सोमबार | December 15, 2025

खजुरा गाँउपालिकाको खर्च प्रगति ९५ प्रतिशत



खजुरा । बाँकेको खजुरा गाँउपालिकाले आव ०८१/८२ मा आम्दानीका आधारमा ९५ प्रतिशत रकम खर्च गर्न सफल भएको छ । पालिकाले घाटा बजेटकै बीच आम्दानीका आधारमा ९५ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो ।

पालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार आव ०८१/८२ का लागि ७८ करोड ९२ हजार ७५५ बजेट बिनियोजन गरिएकोमा चालु तर्फ ५२ करोड ५ लाख ८३ हजार ३५० र पुँजीगत तर्फ १७ करोड ९५ लाख २६ हजार १३१ रुपैयाँ सहित ७० करोड १ लाख ९ हजार ४८१ खर्च गरेर बिनियोजन तर्फ ८९.७४ प्रतिशत खर्च प्रगति गर्न सकेको गाँउपालिकाले जनाएको छ ।

आम्दानी तर्फ पालिकाले ७२ करोड ९३ लाख २६ हजार ३३१ रहेकोमा आम्दानीको अनुपातमा ९५.९९ प्रतिशत खर्च गर्न सकेको गाँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले बताए । उनले बेरुजु घट्दै गएको र लक्ष्य अनुसारको खर्च प्रगति बढ्दै गएको जनाउँदै लक्ष्य नजिक पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

कार्य प्रगतिमा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने पालिका अध्यक्ष, उपाध्यक्ष,, वडा अध्यक्षहरु, वडा सदस्य, गाउँपालिका कार्यालयका प्रबबिधिक कर्मचारी, शाखा प्रमुखहरुलगायत सबैलाई सक्रिय योगदानको कार्यप्रगति प्रति उनले धन्यवाद ब्यक्त गरे । आगामी बर्षहरु मा पनि खजुरा गाउँपालिकाको बेरुजु कम र कार्य प्रगति बढाउने कार्यमा सबै जिम्मेवार ब्यक्तित्वबाट आफुले अपेक्षा राखेको उनले बताए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ९ : ०५ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष