१७ माघ २०८२, शनिबार | January 31, 2026

स्वीजरल्यान्ड युरो कपको दोस्रो चरणमा



काठमाडौं । रोला झेमाइलले इन्जुरी समयमा गरेको गोलसँगै स्वीजरल्यान्डको महिला फुटबल टोली फिनल्यान्डसँग १-१ गोलको बराबरी गर्न सफल भएको छ । बराबरीसँगै घरेलु टोली स्वीजरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

स्वीजरल्यान्ड बाहिरिने सम्भावना प्रबल देखिएको अवस्थामा वैकल्पिक खेलाडी झेमाइलले नजिकैको दुरीबाट गोल गरेकी हुन् । खेलको ७९ औँ मिनेटमा नाटालिया कुकाको पेनाल्टी गोलमा फिनल्यान्डले अग्रता लिएको थियो ।

पहिलो चरण पार गर्नका लागि स्वीजरल्यान्डको लागि बराबरी पर्याप्त थियो भने फिनल्यान्डलाई जित आवश्यक थियो । समूहमा नर्वे ९ अङ्कसहित पहिलो भयो भने स्वीजरल्यान्ड र फिनल्यान्ड बराबर ४ अङ्क भए पनि राम्रो गोल अन्तरको आधारमा स्वीजरल्यान्ड दोस्रो भएको हो ।

नर्वेले बिहीबार भएको खेलमा आइसल्यान्ड ४-३ ले हरायो। नर्वेका लागि सिग्ना गोउसेट र फ्रिडा मानन दुवैले समान दुई गोल गरे ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : २८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक