काठमाडौं । पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई प्रहरीले कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । पाठकले सार्वजनिक पत्राचार, विज्ञप्ति जस्ता प्रकाशन गर्दा पूर्वराजालाई श्री ५ महाराजधिराज सरकार’ शब्द प्रयोग गरेको विषयमा उनलाई बोलाएर प्रहरीले सोधपुछ गरेको प्रहरीले जनाएको छ ।
डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ शब्द प्रयोग गरेको बिषयमा उनलाई सोधपुछ गर्न बोलाइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । ‘श्री ५ महाधिराज सरकार’ भन्दै निकालिएका विज्ञप्तिदेखि ‘संवाद सचिवालय’को आधिकारिता लगायतका विषयमा बुझ्न पाठकलाई बोलाइएको बोहोराले स्पष्ट पारे ।
संबिधानले नचिन्ने र राजनीतिकरुपमा खारेज भइसकेको शब्दलाई पटक पटक सार्वजनिकरुपमा प्रयोग गर्दै आएको सम्बन्धमा बोलाएर सोधपुछ गरिएको प्ररीरीको भनाई छ ।


















प्रतिक्रिया