२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौं महानगरको बजेट आइतबार आउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते (पर्सि आइतबार) ल्याउने भएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो ।

काठमाडौं महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन्‌ । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ ।

उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरू सहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको हो ।

मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो । बैठकले आर्थिकतर्फ तीन प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।

गत पुस पहिलो सातादेखिको किचलोले पूर्णविराम पाउँदै महानगर बजेट ल्याउने बिन्दुमा पुगेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गरेर मेयर साहले बैठक राख्न खोजेपछि बजेट रोकिएको थियो । यही विवादका कारण निर्धारित मिति अर्थात्‌ असार १० मा महानगरले बजेट ल्याउन सकेको थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : ५३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले