५ माघ २०८२, सोमबार | January 20, 2026

आइन्दा ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले छोड्यो पूर्वराजाका संवाद सचिवलाई



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले कागज गराएर परिवारको जिम्मा लगाएको छ।

पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भन्दै विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको थियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, साँझ पौने ८ बजे पाठकलाई आइन्दा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित कागज गराएर छाडिएको हो।

पाठकले अबदेखि ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ नभन्ने, फेसबुकमा रहेका यस्ता पोस्ट हटाउने र आगामी दिनमा यस्ता पोस्ट वा विज्ञप्तिमा यी शब्द प्रयोग नगर्ने शर्तनामाको कागज गरेका छन्।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ३३ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच