२१ भदौ २०८३, आइतबार | September 7, 2026

आज राति १२ बजे धौलीगङ्गा बाँधको ढोका खोलिंदै, महाकालीको तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह



काठमाडौं । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने भएपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा नागरिकहरुलाई सतर्क रहन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने सूचना प्राप्त भएको भन्दै विभागले महकाली नदीको तल्लो तटीय क्षेत्रमा (पर्सि) आइतबार बिहानसम्म सतर्कता अपनाउन अनुरोध गरेको हो ।

भारतले जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ कार्यका लागि आज शुक्रबार मध्यराति १२ बजेदेखि भोलि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खोल्न लागेको विभागलाई सूचना गरेको बताइएको छ । बाँधको पानीको बहावका कारण महाकाली नदीको जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ०३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त