१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘उत्पीडित समुदायको राजनीतिक, आर्थिक र सामाजिक विकास हुनुपर्छ’ 



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समग्र देशको विकास गर्न दलित, पछाडिपरेका वर्ग, थारु, आदिवासी, जनजाति र अलपसङ्ख्यक समुदायको राजनीतिक, आर्थिक र सामाजिक विकास गर्नुपर्ने बताएका छन् ।
दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक परिषद्ले शनिबार आयोजना गरेको ‘समानता र सामाजिक न्यायको अधिकार’ विषयक अन्तक्र्रियामा उनले समाजमा पछाडि परेका समुदायको राज्यका हरेक संरचनामा अर्थपूर्ण सहभागिता हुनुपर्ने माग गरे ।
उनले भने, “समाजमा सबैभन्दा पिँधमा र उत्पीडनमा परेका भनेको दलित समुदाय हो, उनीहरू राजनितिक बहिष्करणमा परेका छन्, राज्यको स्रोतसाधनबाट उहीहरू अलग छन् । जनसङ्ख्याको आधारमा राज्यका संरचनामा उनीहरूको उल्लेख्य र सक्रिय सहभागिता हुनुपर्छ ।”
पार्टीका सह–अध्यक्ष रकम चेम्जोङले मुलुकको राजनीतिक व्यवस्थामा परिवर्तन भएपनि दलित, जनजातिलगायत उत्पीडित समुदायको अवस्थामा परिवर्तन हुन नसकेको बताए ।
पार्टीका उपाध्यक्ष विधुर ब्रजाचार्यले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रियसभामा समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने व्यवस्था हुनुपर्नेमा जोड दिए ।
नेपालमा सदियौँदेखि कायम रहिआएको जात, जाति, वर्ग, वर्ण र लिङ्ग अर्थात् वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता, बहिष्करण तथा सीमान्तीकरण र विभेद्लाई व्यवहारिक रूपमा उन्मूलन गर्नुपर्नेमा जोड दिए ।
पार्टीका महासचिव लालबाबु राउत अधिकार प्राप्तिको लागि महिला, आदिवासी जनजाति, मधेशी, दलित र उत्पीडित समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने बताए। राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले राज्यले मुस्लिम समुदायलाई वेवास्ता गरेको गुनासो गरे ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा