३० असार २०८३, मंगलबार | July 14, 2026

जबज केवल राजनीतिक सिद्धान्त होइन, मानव कल्याणको दार्शनिक मार्गदर्शन हो : विद्या भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्र नभएर मानव कल्याण, लोकहित र सामाजिक न्यायका लागि मार्गदर्शक दार्शनिक चिन्तन भएको स्पष्ट पारेकी छन्।

शनिबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै भण्डारीले जबजको सार वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ सँग मेल खाने बताइन्। उनले भनिन्, ‘यस मन्त्रमा सबै मानिस सुखी, निरोगी होउन् र कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावना व्यक्त गरिएको छ। जबजको मूल मर्म पनि यही हो।’

उनले भनिन, ‘जबजले राष्ट्रको समृद्धि र नागरिकको सुखका लागि स्पष्ट दिशा दिएको छ । नेकपा एमालेले यही सिद्धान्तलाई आत्मसात् गर्दै अविचलित रूपमा काम गरिरहेको छ।’

भण्डारीले केहीदिनअघि मात्र नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । पार्टी सदस्यता नवीकरण गरेर आगामी महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा उत्रिने जनाउ गरेकी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर काम गरिरहेको बताइन्।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ३१ बजे

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित