३ पुस २०८२, बिहिबार | December 18, 2025

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्।

सोमबार बिहान गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन कस–कसले गएरु कुन विधि र कुन संस्थामार्फत स्पेन पुगे ? जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो ? यस्ता सबै पक्षमा अनुसन्धान हुने छ’, गृहमन्त्री लेखकले बताएका छन्।

छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइने भएको छ। गृहमन्त्री लेखकले यस विषयमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। भ्रमणको क्रममा प्रतिनिधिमण्डलसँगै गैर-सरकारी व्यक्तिहरूको सहभागिता भएको आशंका उठेपछि यस विषयमा छानबिन सुरु गरिएको हो।

 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ४० बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत