२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो : अध्यक्ष प्रचण्ड



काठमाडौं । संसदमा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको बताएका छन ।

अध्यक्ष प्रचण्डले संसदमा भने, “तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।” उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ ।

उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा-नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, “सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो ।”

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : २२ बजे

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने