२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्माणाधिन बसपार्कको पर्खालले प्राकृतिक वहाव रोकिँदा खजुराका सयौँ हेक्टर जमिन डुबानमा



खजुरा । बाँकेको खजुरामा पानीको प्राकृतिक बहाव रोकिने गरि गाउँपालिकाले बसपार्क निर्माण थालेपछि सयौं हेक्टर जमिन डुबानमा परेका छन् । सदियौं वर्षबाट प्राकृतिकरुपमा बग्दै आएको पानीको वहावलाई छेक्ने गरि बसपार्क बनाउन थालिएपछि स्थानीयको जग्गा डुबानमा परेको हो ।

बसपार्क निर्माण गर्दा पानीको वहावलाई ध्यानमा राख्न भनिएपनि पालिकाका प्राबिधिकहरुले बेवास्ता गरेको जग्गा धनीहरुको गुनासो छ । कांग्रेस खजुराका सभापति समेत रहेका जग्गा धनी रमेश सिंजालीले प्राकृतिक वहावलाई रोकेर बसपार्क निर्माण गर्दा किसानको वर्षभरीको धान उत्पादन डुबेर नष्ट हुने बताए । उनले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई त्यस सम्बन्धमा सचेत गराइएपनि गम्भीरताका साथ नलिएको बताए । पर्खाल बनाउँदा वहावलाई बग्न दिन पर्खालमा पानी जाने बाटो राखिएपनि पर्खाल भित्र माटो पुरिदिएपछि पानीको वहाव रोकिएको उनले बताए ।

अर्का जग्गाधनी विजय बुढाथोकीले विकासका नाममा जनताको विनास गर्न नहुने बताए । उनले पानीको वहावलाई प्राकृतिकरुपमा बग्न दिनुपर्ने बताए । त्यस क्षेत्रको पानी वषौंदेखि अहिले बन्दै गरेको बसपार्क क्षेत्रहुँदै गडैचा नालामा जाने गरेको उल्लेख गर्दै उनले बसपार्क निर्माणको नााममा पानीको वहाव नै रोकिएको बताए ।

खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले पर्खालभित्रको माटो हटाएर वहाव खोल्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको बताए । पर्खाल निर्माण गर्दा पानी बग्ने स्थान राखिएको जनाउँदै उनले कम्पाउण्ड भित्र माटो पटान भएकाले पानीको वहाव रोकिएको बताए ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ४४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल