२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम, तराईमा मौसम बदली मात्र



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली देशभर एकनासको नभएर सीमित क्षेत्रमा वर्षा गराउने खालको रहेको जनाएको छ । एक साता तापक्रम बढेर जनजीवन प्रभावित भएकामा फेरि नयाँ मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) विकास भएको हो ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो देशैभरि फैलिने ठूलो प्रणाली नभएकाले पहाडी क्षेत्रमा मात्रै देखिने बताउँदै मौसम बदली भने हुने जानकारी दिइन् । उनले तराईमा अझै पनि भारी वर्षा हुने खालको प्रणाली विकसित भइनसकेको बताइन् । अहिले वर्षाको अभावमा तराईका जिल्ला प्रभावित भएका भन्दै उनले कतिपय क्षेत्रमा ट्याङ्कर र दमकलबाट पानी वितरण भइरहेको उल्लेख गरिन् ।

मौसमविद् मानन्धरले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिइन् । उनका अनुसार हाल कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको पनि सम्भावना रहेको मानन्धरले जानकारी दिइन् । आज राति र भोलि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना बढी रहेको उल्लेख गरिन् ।

देशको उच्च-पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ ।

सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ । आगामी तीनदिनसम्म मौसम बदली हुने र त्यसपछि हट्दै जाने पनि मौसमविद् मानन्धरले जानकारी दिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १० : २९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष