२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम, तराईमा मौसम बदली मात्र



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली देशभर एकनासको नभएर सीमित क्षेत्रमा वर्षा गराउने खालको रहेको जनाएको छ । एक साता तापक्रम बढेर जनजीवन प्रभावित भएकामा फेरि नयाँ मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) विकास भएको हो ।

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो देशैभरि फैलिने ठूलो प्रणाली नभएकाले पहाडी क्षेत्रमा मात्रै देखिने बताउँदै मौसम बदली भने हुने जानकारी दिइन् । उनले तराईमा अझै पनि भारी वर्षा हुने खालको प्रणाली विकसित भइनसकेको बताइन् । अहिले वर्षाको अभावमा तराईका जिल्ला प्रभावित भएका भन्दै उनले कतिपय क्षेत्रमा ट्याङ्कर र दमकलबाट पानी वितरण भइरहेको उल्लेख गरिन् ।

मौसमविद् मानन्धरले अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिइन् । उनका अनुसार हाल कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको पनि सम्भावना रहेको मानन्धरले जानकारी दिइन् । आज राति र भोलि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना बढी रहेको उल्लेख गरिन् ।

देशको उच्च-पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ ।

सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ । आगामी तीनदिनसम्म मौसम बदली हुने र त्यसपछि हट्दै जाने पनि मौसमविद् मानन्धरले जानकारी दिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १० : २९ बजे

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले