८ आश्विन २०८३, बिहिबार | September 24, 2026

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन् । साथै उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका हुन् । विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गरेका छन् ।

“शुभ बिहानी! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ४० बजे

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम

ईश्वर पोखरेलसहित सात नेता एमाले स्थायी कमिटी सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा

महिला कबड्डीमा नेपालको जित, एसियाली खेलकुदमा अर्को एक पदक पक्का

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनायो सम्मानित वरिष्ठ नेता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई तारेखमा राखेर