१ चैत्र २०८२, आइतबार | March 15, 2026

अवरुद्ध मध्यपहाडी लोकमार्ग पुनःसञ्चालनमा



सिन्धुली । पहिरोका कारण अवरुद्ध सिन्धुलीको गोलञ्जोर गाउँपालिका-३, बसेरीस्थित मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनमा आएको छ । आज बिहान २ बजे सडक रहेको सिँचाइ कुलो भत्किएर खसेको ढुङ्गा, माटो र लेदोका कारण केही समय सडकमा यातायात अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीय खटिएको गोलञ्जोर गाउँपालिका-३ का वडाध्यक्ष कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार लोकमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाले पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन उहाँले सबैलाई अनुरोध गरेका छन ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ०६ बजे

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको