१४ जेष्ठ २०८३, बिहिबार | May 29, 2026

एमाले बैठक : कोशीका केन्द्रीय सदस्यले बोलेर सके, बागमती बोल्दै



काठमाडौं । नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।

आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।

बैठकमा सहभागी एक् नेताका अनुसार केन्द्रीय सदस्यहरु किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दिपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना भनाइहरु राखिसकेका छन ।

यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राखेका हुन ।

जारी बैठकमा केन्द्रीय सदसय युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए । उनले पार्टीलाई पठाएका जनप्रतिनिधी निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरुको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरेका थिए । बाँस्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख गरे ।

अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए । उनले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिए ।

साथै, केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष कमरेड र पूर्व राष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पार्नु भएकोले आज पनि आपसी समझदारीमै विवादलाई टुंग्याउनु पर्ने धारणा राखेकी छिन्।

अहिले बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम सुरू भएको छ ।

हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस,गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले हिजै धारणा राखिसकेका छन् । बैठकमा मुख्यत पार्टी सचिवालय र पोलिटव्यूरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ ।

केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संसोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : १४ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा