६ श्रावण २०८३, बुधबार | July 22, 2026

अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने



अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेभएका छन् ।

कतारको दोहामा शनिबारदेखि अफगान सरकार र तालिबानबीच शान्ति वार्ता शुरु हुन लागेको छ । सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगिसकेका छन् । उनले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताएका छन् ।

हाल दोहामा रहेका अफगानिस्तान सरकारको शान्ति वार्ता टोली र तालिबानहरुको शान्ति वार्ता टोलीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्न लागेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताको मध्यस्थता गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ कतारको दोहा जाने जानकारी हिजो नै दिएका थिए ।

गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौतापछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी शुरु हुन लागेको हो ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १२ : २२ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना