२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

दुर्घटनामा परी घाइते भएका भलिबल खेलाडी परियारलाई लाफा समुह बुटवलद्धारा आर्थिक सहयोग



बुटवल । लाफा समुह बुटवलले गतवर्ष दुर्घटनामा परी घाइते भएका भलिबल खेलाडी ओम प्रकाश परियारलाई आर्थिक सहयोग गरेको छ ।

बुटवलमा रहेर विभिन्न खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुह बुटवलले परियारलाई नगद १५५०० रुपैया सहयोग गरेको हो ।

पर्वत जिल्ला फलेबास ७ का परियार नेपाल प्रहरीका प्रहरी जवान तथा ब्रेभ गोर्खा युथ क्बल बुटवलका सदस्य समेत हुन ।

गत साल माघ १ गोरखा देखि देवघाटको लागि सुरक्षार्थ खटिएको नेपाल प्रहरीको सवारी साधन सडक दुर्घटनामा परि नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान तथा कुशल भलिबल खेलाडी ओम परियारको दोस्रो चरणको सल्यक्रियाको लागि समुहले सहयोगार्थ नगल १५ हजार ५ सय रुपैया लाफा समुहका अध्यक्ष तारासिंह रेश्मीले ब्रेभ गोर्खा युथ क्बल बुटवलका महासचिव यमन सलामी र कोषाध्यक्ष राजन कुबरलाई संयुक्त रुपमा हस्तान्तरण गरेको लाफा समुहका संरक्षक बासुदेब लामिछानेले बताए ।

परियारको दुर्घटनामा परी खुट्टा र मेरुदण्ड भाचिएकोले हालसम्म उनको अबस्था त्यस्तै रहेको र उनको दोस्रो चरणको सल्यक्रियाका लागि आर्थिक सहयोग जुटाइरहेको र यसमा साथ दिन सबैमा अनुरोध गरेको ब्रेभ गोर्खा युथ क्बल बुटवलका अध्यक्ष नबिन सारुले बताए ।

युवाहरुलाई एकतावद्घ गरि खेलुकुद र सामाजिक क्षेत्रमा अग्रसर गराउदै आएको लाफा समुह बुटवलले विभिन्न समयमा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । हाल समुहमा ५० भन्दा धेरै युवाहरुलाइ व्याडमिन्टन प्रशिक्षण दिइ रहेको छ ।

समुहमा सय भन्दा धेरै सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ५ : १५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात