१९ बैशाख २०८३, शनिबार | May 2, 2026

सिन्धुपाल्चोकमा भारी वर्षा



काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा पछिल्ला घण्टाहरूमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, गोब्रे वर्षामापन केन्द्रले पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरेको छ।

विभागले स–साना खोलानालामा आकस्मिक बहाव बढ्ने र कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम उच्च रहेको भन्दै स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागद्वारा जारी सूचनामा उल्लेख छ, ‘साउन ९ गते राति ७ः५० बजे सिन्धुपाल्चोकको गोब्रे वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्रमा बहने खोलानालामा पानीको बहाव बढ्न सक्ने र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ।’

विभागले ललितपुर र मकवानपुर जिल्लामा भने मध्यम खालको वर्षा मापन भएको जनाएको छ। साउन ९ गते राति ७ः३५ बजे ललितपुरको खुमलटार केन्द्रमा मध्यम वर्षा मापन गरिएको हो। त्यस्तै, मकवानपुर जिल्लाको मार्खु गाउँ, सिलिङे वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा समेत मध्यम वर्षा भएको विभागले जनाएको छ।

विभागले आगामी केही घण्टासम्म वर्षा जारी रहन सक्ने सम्भावना भएकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन पुनः अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : २६ बजे

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने