७ आश्विन २०८३, बुधबार | September 23, 2026

घट्टेखोला-धम्पुस-खानीगाउँ सडक शिलान्यास



गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ स्थित घट्टेखोला-धम्पुस-खानीगाउँ सडक निर्माण हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक दुई वर्षभित्र निर्माण सक्नेगरी २०८१ फागुन २१ सम्झौता गरिएको थियो ।

सडक निर्माणका लागि निर्माण कम्पनीले ३० करोड १८ लाखमा सम्झौता गरेको छ । सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए ।

सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गरे ।

यो योजना सम्पन्न भएसँगै माछापुच्छ्रे गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गरी सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा बहुआयामिक भूमिका खेल्ने उनको भनाइ छ ।

सडकको लम्बाइ १३.३ किलोमिटर रहने छ । पहिलो सात किलोमिटरसम्म अस्फाल्ट ‘पिच’ र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।

निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरेले शुक्रबारदेखि निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको धारणा राखे ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : २६ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि