२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

काठमाडौं महानगरमा मात्रै ५ हजार सङ्क्रमित



काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ ।

हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ ।

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ५ : २७ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा