१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुनको मूल्य सामान्य घट्यो, चाँदीमा थोरै वृद्धि



काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा एक लाख ९३ हजार छ सय रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला दुई हजार २९५ मा कारोबार भएको चाँदी आज २३ सय मा पुगेको छ।

यसैगरी, १० ग्राम सुनको मूल्य आज एक लाख ६५ हजार ४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य १९ सय ७२ रुपैयाँ रहेको छ।

सुनचाँदीका मूल्यहरू अन्तर्राष्ट्रिय बजार, विनिमय दर र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छन्।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : १४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा