२९ मंसिर २०८२, सोमबार | December 15, 2025

देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने



काठमाडौं । मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको अवस्था रहेपनि नेपालका अधिकांस स्थानहरुमा वर्षा भईरहेको छ।

पछिल्लो २४ घण्टामा देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान मापन गरिए अनुसार सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा विगत ६ घण्टामा ठुलो बर्षा भएको छ । बलेफि जलविरेमा जलसतह सतर्कता बिन्दुमा पुगेको छ भने बढ्दो क्रममा रहेको छ ।

भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको समेत बिभागले अनुमान गरेको छ । त्यस्तै त्यस आसपासका क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

आज दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ६ : ५७ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार