२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सिन्धुपाल्चोकमा फेरि खस्यो पहिरो; नागपुजेमा ९ घर पुरिए, कम्तिमा २५ जना बेपत्ता



सिन्धुपाल्चोक । प्राकृतिक विपत्तीले थिलोथिलो पार्दैआएको सिन्धुपाल्चोकमा फेरि अर्को भयानक प्राकृतिक विपत्ति थपिएको छ । सिन्धुपाल्चोक जिल्लामा एउटा पहिरोको पिडाको आँसु नपुछिंदै अर्को पहिरोको पीडा थपिएको छ ।

जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन । पहिरोले २५ जना बेपत्ता भएको खबर आएको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जे शेर्पाले बताए ।

पहिरो खसेर पुरिएका घरका सबै मानिस बेपत्ता रहेको बताईएको छ।गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार पहिरोले धेरै स्थानमा क्षति पु-याएको छ । नागपुरेमा ९ घर पुरिएको र डाँडगाँउ, भिरखर्क लगायतका स्थानमा पहिरो खसेको र हाल सम्म क्षतिको बिवरण आईनसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

आपतकालिन उद्दारका लागि हेलिकप्टर मगाईएको जानकारी दिंदै उनले प्रहरी घटनास्थल जाँदै गरेको र प्रहरी पुगेपछि मात्र क्षतिको बिवरण आउने बताए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीको नेतृत्वमा नेपाली सेना सहितको टोलि परिचालन गरिएको प्रजिअ ढकालले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ७ : २४ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं