१० श्रावण २०८३, आइतबार | July 26, 2026

सिन्धुपाल्चोकमा फेरि खस्यो पहिरो; नागपुजेमा ९ घर पुरिए, कम्तिमा २५ जना बेपत्ता



सिन्धुपाल्चोक । प्राकृतिक विपत्तीले थिलोथिलो पार्दैआएको सिन्धुपाल्चोकमा फेरि अर्को भयानक प्राकृतिक विपत्ति थपिएको छ । सिन्धुपाल्चोक जिल्लामा एउटा पहिरोको पिडाको आँसु नपुछिंदै अर्को पहिरोको पीडा थपिएको छ ।

जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन । पहिरोले २५ जना बेपत्ता भएको खबर आएको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जे शेर्पाले बताए ।

पहिरो खसेर पुरिएका घरका सबै मानिस बेपत्ता रहेको बताईएको छ।गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार पहिरोले धेरै स्थानमा क्षति पु-याएको छ । नागपुरेमा ९ घर पुरिएको र डाँडगाँउ, भिरखर्क लगायतका स्थानमा पहिरो खसेको र हाल सम्म क्षतिको बिवरण आईनसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

आपतकालिन उद्दारका लागि हेलिकप्टर मगाईएको जानकारी दिंदै उनले प्रहरी घटनास्थल जाँदै गरेको र प्रहरी पुगेपछि मात्र क्षतिको बिवरण आउने बताए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीको नेतृत्वमा नेपाली सेना सहितको टोलि परिचालन गरिएको प्रजिअ ढकालले बताए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ७ : २४ बजे

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन