१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एभरेष्ट म्याराथन एम्समा आवद्ध



काठमाडौं । तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता प्राप्त गरेको छ । एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको हो ।

यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता प्राप्त गरेका थिए । एभरेष्ट म्याराथनले एम्सको सदस्यता लिएकोमा एम्स दुत टीएस ठकुरीले खुशी व्यक्त गरे । ‘नेपालमा एम्सको सदस्य संख्या वृद्धि हुनु नेपालमा रनिङ संस्कृति बढ्दै गएको संकेत हो ।’ एम्स दुत ठकुरीले भने–‘नेपालको समथर तराईमा हुने धारा नेपालगन्ज म्याराथनदेखि संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा हुने एभरेष्ट म्याराथनसम्म विदेशीको चासो बढ्नेछ, र यसले विदेशी पर्यटकको संख्या वृद्धि हुँदै जानेछ ।’

एभरेष्ट म्याराथन हरेक मे महिनाको २९ तारिखमा आयोजना हुने गर्छ । संसारको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक सफल आरोहण गर्ने तेन्जिङ शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीको सम्झनामा यो म्याराथन आयोजना हुने गर्दछ ।

एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डेले एम्ससँगको आवद्धताका लागि एम्स दुत टीएस ठकुरीको योगदान रहेको बताए । ‘एम्ससँग सम्बन्ध बिस्तारका लागि ठकुरीजीको भुमिका छ ।’ पाण्डेले भने–‘यसले थप पर्यटक आगमनमा सघाउनेछ ।’ नेपालगन्ज म्याराथनको अगुवाइमा गत जेठ २१ देखि २४ गतेसम्म काठमाडौं र ललितपुरमा एम्सको बोर्ड बैठक, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स र काठमाडौं २५ किमी हेरिटेज रन आयोजना भएको थियो । इन्टरनेसनल रनिङ कन्फ्रेन्समा विक्रम पाण्डे किनोट स्पिकर थिए । नेपालबाट पाण्डे म्याराथनको प्रादुभाव भएको देश ग्रीसका लागि अवैतनिक दुत हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : ४६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा