काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा औपचारिक रूपमा प्रकाशित गरिएको हो ।
नतिजा अनुसार कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन-ग्रेड (NG) भएका छन् । बोर्डका अनुसार यो वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो परीक्षण गरेको थियो । परीक्षा बोर्डको वार्षिक कार्यतालिका अनुसार १५ साउनभित्र नतिजा प्रकाशित हुनुपर्ने भए पनि गत चैत २० देखि सुरु भएको शिक्षक आन्दोलनका कारण परीक्षा ढिलो भएको र सोही कारणले नतिजा प्रकाशित गर्न ढिलाइ भएको हो ।
निर्धारित मितिमा परीक्षा सञ्चालन हुन नसकेपछि वैशाख ११ मा हुने भनिएको परीक्षा वैशाख २१ गतेदेखि सुरु गरिएको थियो ।


















प्रतिक्रिया