काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने भएको हो ।
पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टी गतिविधिहरूबारे विस्तृत छलफल हुनेछ । विशेष रूपमा रुपन्देहीमा हालै सम्पन्न संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी, र दल दर्तासम्बन्धी विषय बैठकको मुख्य एजेन्डा हुन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा देखिएको समस्या समाधान, पार्टीको विधान व्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुन लागेको ‘फ्युचर लिडर्स समिट’, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थपलगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।


















प्रतिक्रिया