१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित



बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट यहाँको दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्र गरिएको थियो ।

तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रको तयारी भइरहेको छ । उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका अधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो ।

काठमाडौंमा आयोजित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बागलुङ नगरपालिकालाई सम्मान गरिएको हो ।

गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्र थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्र सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रका लागि ग्राभेल भइसकेको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेका तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ्चालन र कार्यान्वयनको मूल्याङ्कन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गरेका हुन ।

बागलुङ नगरपालिका-४ स्थित ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाटको एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । निर्माणको अन्तिम चरणमा रहेको बागलुङ नगरपालिका-७ को मूलपानीबाट तितौरेसम्मको आठ दशमल छ किलोमिटर सडकको प्रगति ७० प्रतिशत पुगेको र बर्खा सकिँदा साथ कालोपत्र गरिने निर्माण व्यवसायीका इञ्जिनियर मनोज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ३६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले