२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नक्कली नोटसहित दुई जना पक्राउ



धरान । कोशी गाउँपालिका-८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका-१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले गए राति नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा रु ३८ हजार फेला परेको हो । बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : ०९ बजे

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको