काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग सिजन २ का लागि १५० खेलाडी अक्सनमा छनोट भएका छन् । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार साउन २४ गते हुने अक्सनमा १५० जना खेलाडी छनोट गरिएको हो ।
खेलाडी दर्ता प्रक्रियामा ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । ती मध्येबाट नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० जनालाई अक्सनका लागि छनोट गरिएको हो ।
ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् । आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् । अन्य खेलाडी भने दोस्रो संस्करणका लागि रिलिज भएका थिए ।


















प्रतिक्रिया