२० बैशाख २०८१, बिहिबार | May 2, 2024

जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न सभापति देउवाको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा रहेका जोखिमपूर्ण वस्ती स्थानान्तरण गर्न माग गरेका छन् ।

सभापति देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकमा पटकपटक ठूलो पहिरो गएको भन्दै जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

देउवाले विज्ञप्तीमा भनेका छन्, ‘सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्हरूले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गर्दछु ।’

विज्ञप्तीमा उनले भनेका छन्, ‘प्राकृतिक विपतको यस घडीमा बेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरू— खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु ।’

सभापति देउवाले आइतबार बिहान गएको पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारकार्यलाई तिब्र बनाउन पनि माग गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा भएको क्षतिको र बागलुङको पहिरोप्रति देउवाले दुःख व्यक्त गरेका छन् ।

देउवाले उद्धार र राहतको मानवीय कर्तव्यमा सक्रियता बन्न कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : ४७ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य