१४ असार २०८३, आइतबार | June 28, 2026

जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न सभापति देउवाको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा रहेका जोखिमपूर्ण वस्ती स्थानान्तरण गर्न माग गरेका छन् ।

सभापति देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकमा पटकपटक ठूलो पहिरो गएको भन्दै जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

देउवाले विज्ञप्तीमा भनेका छन्, ‘सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्हरूले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गर्दछु ।’

विज्ञप्तीमा उनले भनेका छन्, ‘प्राकृतिक विपतको यस घडीमा बेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरू— खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु ।’

सभापति देउवाले आइतबार बिहान गएको पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारकार्यलाई तिब्र बनाउन पनि माग गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा भएको क्षतिको र बागलुङको पहिरोप्रति देउवाले दुःख व्यक्त गरेका छन् ।

देउवाले उद्धार र राहतको मानवीय कर्तव्यमा सक्रियता बन्न कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ३ : ४७ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा