२२ भदौ २०८३, सोमबार | September 7, 2026

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एकजनाको मृत्यु, ४८ घाइते



काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा ४८ जना घाइते भएका छन् ।

मृतकको पहिचान तत्काल खुलाइएको छैन । सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ ।

उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, बी र महिला गरी तीन ब्लक छन् । ए र बी ब्लकका कैदीबीच झडप भएको हो ।

उनका अनुसार टीकापुरको कर्तव्य ज्यान सम्बिन्धी एकै मुद्दाका १८ कैदी त्यहाँ छन् । उनीहरुलाई अन्यत्रै स्थान्तरणको तयारी भएको थियो । त्यसैक्रममा उनीहरु एकआपमै कुटाकुटमा उत्रिएका हुन् ।

कारागार स्रोतका अनुसार कैदी स्थान्तरण गर्दा उनीहरुभित्रै नाईके र भाइ नाईकेको बन्ने भन्ने विषयामा विवाद भएपछि झडपको अवस्था बनेको हो । घटनाबारे थप छानविन भइरहेको चौधरीले बताए । यसअघि बिहीबार पनि कैदी स्थान्तरणको विषयलाई लिएर विवाद हुँदा पाँच जना घाइते भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ३२ बजे

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर