२ पुस २०८२, बुधबार | December 17, 2025

राष्ट्रपति पौडेलबाट रक्षाबन्धन ग्रहण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित ९जनै० एवं रक्षाबन्धन ग्रहण गरेका छन ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट आज निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले रक्षाबन्धन ग्रहण गरेका छन ।

यसअघि आजै राष्ट्रपति पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवं रक्षाबन्धनको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन । उजले आज एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन ।

जनैपूर्णिमा एवं ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका चाडपर्वले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरेका छन ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ४९ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि