२० मंसिर २०८२, शनिबार | December 6, 2025

कैलाली कारागार झडप प्रकरण : गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुखको बैठक



काठमाडौं । कैलाली कारागारमा भएको हिंसात्मक झडपका विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएका छन् ।

गृहमन्त्रीले शनिबार सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर घटनाको अवस्थाबारे समीक्षा गर्ने तयारी गरेका हुन्।

शुक्रबार राति कारागारको ब्लक ‘ए’ र ब्लक ‘बी’मा रहेका कैदीबन्दीबीच भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो । घटनामा ४७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

झडपपछि कैदीबन्दीहरूले कारागारको नियन्त्रण आफ्नै हातमा लिएका छन्।

कैदीबन्दीहरूले भित्रबाटै कारागारमा ताला लगाई सुरक्षाकर्मीलाई प्रवेश गर्न नदिएको कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ४५ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय