१८ माघ २०८२, आइतबार | February 1, 2026

केरलाबाट दिल्लीतर्फ जाँदै गरेको एयर इन्डियाको विमान चेन्नईमा आपतकालीन अवतरण



काठमाडौं । भारतको केरलाबाट दिल्लीतर्फ जाँदै गरेको एयर इन्डियाको विमान रडारमा खराबी देखिएपछि आइतबार राति चेन्नई विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

उक्त विमानमा केरलाका कांग्रेस महासचिव के.सी. वेणुगोपाल, यूडीएफ संयोजक अधूर प्रकाश, कांग्रेस नेता कोडिकुन्निल सुरेश र के. राधाकृष्णनसहित चार सांसद तथा तमिलनाडुका सांसद रोबर्ट ब्रुस सवार थिए ।

अवतरणपछि पत्रकारसँग वेणुगोपालले यस घटनालाई ठूलो दुर्घटनाबाट बचेको अनुभवको रूपमा वर्णन गर्दै भने, “विमानमा रडारको समस्या थियो, जसका कारण चालक दल आपतकालीन अवतरण गर्न बाध्य भयो । हामी अवतरण गर्नुअघि करिब एक घण्टा दस मिनेट हावामा थियौं । मैले यस विषयमा नागरिक उड्डयन महानिर्देशकलाई जानकारी गराइसकेको छु ।”

सबै यात्रु सुरक्षित रहेका भए पनि घटनाले हवाई ट्राफिक समन्वय र रनवे सुरक्षाबारे प्रश्न उठाएको बताइएको छ । स्रोतका अनुसार, पहिलो अवतरण प्रयासको क्रममा रनवेमा अर्को विमान रहेकोले स्थितिको गम्भीरता बढेको थियो ।

विमानस्थल अधिकारीहरूले भने घटनाबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५५ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन