८ पुस २०८२, मंगलबार | December 23, 2025

रवि लामिछानेलाई राखिएको कोठामा एसी छैन, अँध्यारो कोठामा २ वटा पङ्खा : मानवअधिकार आयोग



बुटवल । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई कारगार प्रशासनले दिएको सुविधाका बारेमा चर्चा चुलिएसँगै कारगार अनुगमनमा पुगेको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले लामिछानेलाई राखिएको कोठामा प्रकाश र पर्याप्त हावाको प्रबन्ध मिलाउन निर्देशन दिएर फर्केको छ ।

अनुगमनमा पुगेका प्रतिनिधिहरुले रविलाई राखिएको ब्लकभित्र झ्याल प्लाईउडले टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको भन्दै प्लाई हटाउन सुझाव दिएका छन् । टोलीले चर्चामा आएजस्तै रास्वपाका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको समे स्पष्ट पारेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले झ्याल प्लाई उडले टालेर बन्द गरिएको तथा कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् । उनले सुरक्षाका कारणले झ्याल थुनिएको भन्ने कारगार प्रशासनबाट जवाफ पाएको जनाउँदै कारागार प्रशासनलाई झ्यालमा ठोकिएको काठ निकाल्न निर्देशन दिएको बताइन् ।

उनले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : ५४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना