१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

अनिल झाले छाडे लोसपा, प्रवक्तावाट हटाइए मनिष मिश्र



काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाटट अनिलकुमार झाले राजीनामा दिएका छन् ।

लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहदैँ आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजिनामा बुझाएका हुन् ।

बिगत एक वर्षदेखि नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजीनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्विकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झालेबताए ।

‘उहाँ लामो समय देखी लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिनाअघि उहाँले ह्ववाटसपबाट अध्यक्षज्यूलाई राजिनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वकीत गरिसक्नुभएको छ,’ उनले भने ।

यसबारेमा झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिना अघि राजीनामा दिए पनि तर राजीनामाको मितिमा भने अघिल्लो वर्षको मिति उल्लेख छ ।

समाचार अनुसार उनी लोसपामा नै रहदाँ पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिन्ह लिने उनको प्रयास जारी रहेको छ तर सफल भएको छैन ।

सो पार्टी सिरहाका रामकुमार महतो नामका एक जना पुराना सदभावना नेताको नाममा दर्ता रहेको छ । उनले महतोको नाममा पार्टी दर्ता भए पनि झाले अध्यक्षको हैसियतमा सोही नाममा निर्वाचनमा आयोगमा दर्ता गराए पछि महतोले आफुलाई ‘अपहरण गरेर सो पार्टी कब्जा गर्न खोजेको’ भन्दै आयोगमा उजुरी दिएका छन्, जो अहिले पनि मुद्दा चलिरहेको छ। तर, उनले झालाई सो पार्टी दिन चाहिरहेका छैनन्। र, निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन नसकेको बुझिएको छ।

‘उहाँले पार्टी दिनका लागि विभिन्न अफर गर्नु भएको थियो, पार्टी नै हो कसरी उहाँलाइ दिन सकिन्छ, मैले दिएको छैन, उहाँ लफडाबाजी गरिरहनु हुन्छ’, महतोले भने ।

यता, एक महिना अघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष झाको प्रवक्ताको जिम्मेवारी खोसिएको छ। खासमा केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’ का बारेमा अभिब्यक्ति दिएपछि उनको पद खोसिएको बुझिएको छ।

‘सहमति अनुसार शरदसिंह भण्डारीले अब राजीनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिब्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्ताबाट राजीनामा दिन लगाएका थिए । उनले प्रवक्तावाट राजीनामा दिए पनि महासचिव पद भने कायमै रहेको छ ।

श्रम मन्त्री भण्डारी ओलीको कार्याकाल भरी रहने सहमति भए पनि मिश्रले सो बिपरित अभिब्यक्ति दिए पछि उनको राजीनामा माग गरिएको हो । स्रोतका अनुसार भण्डारी ओलीको कार्यकाल भरी रहने छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्याकालमा लोसपाले नयाँ अनुहार पठाउने गरी सहमति भइसकेको छ ।

यद्दपी, यसअघिको सहमति अनुसार भण्डारीले १ बर्ष मात्रै मन्त्री बन्ने र राजीनामा दिएर अर्को ब्यक्ति पठाउने सहमति भएको थियो ।

 

 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : १७ बजे

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा

दीपक भट्टका कम्पनीका संस्थापक सेयरधनीको विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा