२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अविरल वर्षाले भोजपुरको साल्पामा छ घर विस्थापित



भोजपुर । अविरल वर्षाका कारण भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका-६ मा छ घरपरिवार विस्थापित भएका छन् ।

केही दिनदेखिको अविरल वर्षाका कारण साल्पासिलिछो वडा नं ६, खाम्दाकका छ घर परिवार घर छाडेर अन्यत्र विस्थापित भएका हुन् । घरमाथि र मुनिबाट पहिरो जान थालेपछि उनीहरूलाई सुरक्षित आफन्त तथा अन्य स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले जानकारी दिए । चर्किएर घरमा बस्न नमिल्ने गरी क्षति पुगेकाले उनीहरूलाई आफन्त र क्लबको भवनमा राखिएको वडाध्यक्ष वनको भनाइ छ ।

विस्थापित हुनु हुनेहरूमा सोही वडाका विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवले वर्षासँगैको पहिरोको जोखिममा परेको जानकारी आएको बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ५५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२