२३ बैशाख २०८३, बुधबार | May 6, 2026

रास्वपा नेतालाई कारवाहीको माग गर्दै पत्रकारहरु जिल्ला प्रशासनमा



भैरहवा । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आकांक्षी पार्थिबेन्द्र उपाध्यायले पत्रकारहरु माथि राखेको अभिव्यक्ति विरुद्ध रुपन्देहीका पत्रकार सम्बद्ध संस्थाले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन ।

उपाध्यायले रास्वपा केन्द्रीय कार्यालयमा आकाक्षीहरुको तर्फबाट बोल्दै गर्दा पत्रकारहरुलाई इंगित गर्दै कुनै मिडिया आवश्यक नभएको, समाचार पढ्दा हाँसो उठ्ने, सबै पत्रकार ५ हजारमा बिक्ने गरेको लगायतका गलत तथा भ्रामिक अभिव्यक्ति दिएको भन्दै आवश्यक कारवाहीका लागि ज्ञापन पत्र बुझाएका हुन ।

उपाध्यायले रास्वपा केन्द्रीय कार्यालयमा आफ्नो भनाई राख्ने क्रममा सिंगो मुलुकका पत्रकार र सञ्चार जगतलाई बदनाम गर्ने उद्देश्यले कानून विपरीत अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गर्दै पत्रकार सम्बद्ध संस्थाहरूले प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाअध्यक्ष नरेश केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोखरेल, लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझि, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीकी अध्यक्ष भगवती पाण्डे, संसदिय मामिला पत्रकार समाज लुम्बिनीका सचिव दीपक घिमिरे, मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ता र मधेशी पत्रकार समाज रुपन्देहीका कोषाअध्यक्ष रविन्द्रप्रताप गुप्ताले उपाध्यायले दिएको अभिव्यक्ति माथि अनुसन्धान गरी कारबाही गर्न माग गरेका हुन् ।

उपाध्यायले नेपालको संविधानले प्रत्याभूति गरेको स्वतन्त्र पत्रकारिता जगत प्रति कुदृष्टि राखी स्थानीय र अन्य मिडिया प्रति गम्भीर र अमर्यादित अभिव्यक्ति दिई समाजमा भ्रम पैदा गर्ने काम भएको भन्दै उपाध्याय माथि अनुसन्धान गरी कारबाही हुनुपर्ने भन्दै पत्रकारहरुले समूहिक रुपमा पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेले स्वतन्त्र पत्रकारिताको सम्मान गर्ने बताउँदै पार्थिबेन्द्र उपाध्यायले दिएको अभिव्यक्ति बारे वास्तविकता बुझी दिएको अभिव्यक्ति गलत भए कारबाही गर्ने जनाए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ८ : २६ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा