३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

घुस रकमसहित पक्राउ परेका मालपोत प्रमुख र कार्यालय सहयोगी विरुद्ध मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार अभियोगमा आरोप–पत्रदायर गरेको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र लगतकट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ घुस रु रु २४ लाख ५० हजार माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले भने, “भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी राउतको साथबाट मोबाइल डिभाइस एवं घुस रकम रु २४ लाख ५० हजारसहित भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट नियन्त्रणमा लिइएको हो ।”

प्रतिवादीद्वयले घुस रकम लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुनेमा मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : १४ बजे

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका