५ श्रावण २०८३, मंगलबार | July 22, 2026

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न



काठमाडौ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड ले  आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत,  मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे । बिशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा SCT-UnionPay कार्ड,  VISA कार्ड, Nepal pay कार्ड आदि०, मोबाइल बैंकिङ्ग सेवा  अन्तर बैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवामा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे ।

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू Smart QR Soundbox र SCT Hub का बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर  रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे । Smart QR Soundbox स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू Smart QR Soundbox मार्फत सुन्न सक्नेछन् । Smart QR Soundbox लाई मर्चेन्टहरूले आफ्नो Wi-Fi संग लिङ्क गरेर वा Smart QR Soundbox मै आफ्नो सिम कार्ड राखेर नेटवर्क संग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू Smart QR Soundbox मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ३ : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं