७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउन सुगर बरामद, लागुऔषध कारोबारे पक्राउ गर्न गोली प्रहार

लागुऔष कारबारेले गरे प्रहरी माथि सिसाको बोटलले आक्रमण



नेपालगन्ज । बाँके प्रहरीले एकैदिनमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद गर्नुका साथै ४ जना पेशेवर लागुऔषधको कारोबार गर्नेहरुलाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २०० ग्राम बढी ब्राउनसुगर बरामद गरेको छ ।

प्रहरीका अनुसार नेपालगन्जमा प्रहरीले लागूऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन गोली समेत चलाएको जनाएको छ । लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिन बाँकेको नेपालगञ्ज बसपार्कमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर एक जना लागूऔषधका कारोबारी भारतीय नागरिक घाइते भएका छन् । घाइते हुनेमा लागूऔषध कारोवारी भारत बहराइच जिल्लको रुपैडिहाका कार्तिक कुमार रहेको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले बताए । कुमारको खुट्टामा गोली लागेको उनले बताए ।

लागु औषध कारोबरीहरुले प्रहरीमाथी ईट्टा र सिसाको बोटलले आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । उनीहरुको आक्रमणमा परेर जिल्ला प्रहरी बाँकेको लागु औषध नियन्त्रण ब्युरोका प्रहरी सहायक निरीक्षक नबिन शाही घाइते भएका छन् । लागु औषधको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा घटनास्थल पुगेका प्रहरी टोली माथि लागूऔषधका कारोवारीले चक्कु र सिसाको बोतल प्रहार गरेको एसपी घर्तीले बताए ।

घाइतेलाई नेपालगन्ज्स्थित संजिवनी अस्पतालमा उपचारका गरिएको छ भने लागूऔषध कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। छुट्टाछुट्टै समयमा पक्राउ परेका४ जनाबाट २२५ ग्राम बढी लागु औषध ब्राउनसुगर बरामद भएको एपी घर्तीले जानकारी दिए । एसपी घर्तीका अनुसार गोली प्रहार गरि नियन्त्रणमा लिइएका कात्र्तिक कुमार र अजयकुमारबाट १०९ ग्राम ३५० मिली ग्राम ब्राउनसुगर बरामद भभएको छ भने उनीहरुको बयानका आधारमा पक्राउ परेका मोहम्मद अपताब खान र फैजल अन्सारीबाट २७ ग्राम २०० मिलीग्राम ब्राउसुगर बरामद भएको छ ।

बाँके प्रहरीले आजै अपरान्ह नेपालगन्जका रतुल अहमदलाई पनि ९८ ग्राम ८०० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई लागुऔषध काराबेर अपराधको कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : १६ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा